|

काठमाडौं : सभापति कप फुटबलको उद्घाटन खेलमा सङ्कटा फुटबल क्लबले घरेलु शीर्ष लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पारेको छ ।

विदेशी खेलाडी रिचर्ड  अबेकाले दुई तथा चन्दन दासले एक गोल गरेपछि सङ्कटा सहज जित हात पारी सेमिफाइनलमा पुग्यो । दुई दिनअघि मात्र भारतको सिक्किममा भएको १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा उपविजेता बनेर नेपाल फर्केको चर्च ब्वाइज सभापति कपमा भने पहिलो चरणबाटै बिदा भएको छ।  

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कपमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) सहित नेपालका उत्कृष्ट आठ टिम सहभागी छन्।

विजेताले ट्रफीसहित २६ लाख र उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिप्परलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ।

सभापति कप हरेक दुई÷दुई वर्षमा आयोजना हुने छ। आज मछिन्द्र एफसी र एपिएफबिच खेल हुने छ। खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.