|

काठमाडौं : महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ। खेल अपराहन्न सवा १२ बजेदेखि शुरू हुनेछ। 

यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन्। त्यस्तै अर्को प्लेअफमा पाकिस्तान र सामोआ पनि खेल्दै छ।

विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन्।   

समुह डी मा रहेको नेपालले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो।  मलेसियामा जनवरी १८ देखि शुरु भएको यस विश्वकपमा १६ देशले भाग लिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.