|

मोरङ : बेलबारी नगरपालिका- ९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया  बेचिरहेका स्वामकुमारी र सर्गे खवासले यसैबाट सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् ।

स्वामकुमारीका अनुसार औसतमा दैनिक अढाइदेखि ३०० कप चिया बिक्री हुन्छ। यसका लागि ३० लिटर दूध लाग्छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ। 

२५ वर्षअघि पसल शुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ। त्यसवेला प्रतिलिटर १३ मा किन्ने गरेको दूध अहिले ८० रुपैयाँ पुगेको उनले बताइन्। ‘त्यस समयमा जमिन सस्तो थियो। त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ’, स्वामीकुमारीले भनिन्।

पहिलेपहिले दुई प्रकारको चिया बनाउने गरेको सम्झना उनले गरिन्। लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो। लोकल चिया प्रतिकप दुई र  स्पेसल तीन रुपैयाँमा बेचेको उनले सुनाइन्। छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए’, उनले भनिन्।

उनीहरूकोमा स्थानीय नेता, समाजका अगुवा सबै चिया पिउन आउँछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ। अझै शरीरले साथ दिइञ्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन् ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.