|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई महाअभियोगको डर देखाएर सरकार गठन गरेको दाबी गरेका छन्।

दाङको तुलसीपुरमा शुक्रबार आयोजित खबरदारी सभामा बोल्दै प्रचण्डले राष्ट्रपतिले दबाब थेग्न नसकेर संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेको दाबी गरे।

‘मलाई जहाँसम्म थाहा छ राष्ट्रपति संविधानको धारा ७६ (३) अनुसार नै सरकार गठनको आव्हान गर्न चाहनुहुन्थ्यो।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘उहाँले संविधान मिच्न चाहनुभएन। त्यसबाट एमाले नेतृत्वको सरकार बन्ने भएन। त्यसपछि उहाँहरूले ७६ (३) अनुसार जानुभयो भने तपाईंलाई महाभियोग लगाएर निकाल्छौँ भनेपछि राष्ट्पतिजी धर्मसंकटमा पर्नुभयो। यो कुरा राष्ट्रपतिले भन्नुभएको होइन। मलाई कांग्रेस र एमालेकै नेताहरूले सुनाएका हुन्।’

उनले आफ्नै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बनेका कारण पनि संविधान नमिच्न र धारा ७६ (३) अनुसार सरकार गठन गर्न राष्ट्रपति सकारात्मक रहेको पनि बताए।

‘अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले हो, माओवादी केन्द्रकै कारणले  राष्ट्रपति बन्नुभएको हो।’ उनले भने, ‘माओवादी केन्द्र हुँदैनथ्यो भने रामचन्द्र पौडेलजी राष्ट्रपति बन्न संभव नै थिएन। त्यो नाताले पनि मलाई विश्वास थियो मेरो अनुरोधप्रति पोजेटिभ पनि हुनुहुन्थ्यो। मलाई संविधान मिच्दिनँ ढुक्क हुनुस् पनि भन्नुभएको थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.