|

दार्चुला : दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ। 

चालक बुढामगरलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पतालले जनाएको छ। 

सडक विस्तार गर्ने क्रममा सुक्खा पहिरो खस्दा चालक बुढामगर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी लगिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.