काठमाडौं : वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकको चहलपहल बढेको छ। कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ।
विभिन्न वन्यजन्तु नजिकबाट अवलोकन गर्न पाइने भएकाले पनि पर्यटकको आकर्षण बढेको हो। यो क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ। बाघ, गैँडा, हात्ती, चितुवा, चित्तल, मृग र जङ्गली बँदेल तथा मयुरलगायत विभिन्न प्रजातिका पक्षी अवलोकन हेर्न पाइन्छ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।