|

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गरेका छन्। शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गरे। उनले समाजवाद निर्माणमा नलाग्ने हो भने जिब्रो पड्काएर मात्रै केही नहुने बताए। उनले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताए। उनले काँग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताए।

उनले भने, ‘पुष्पलाललाई सम्झिने हो भने तत्काल समाजवाद निर्माणमा लागौँ, एकदेव आलेलाई सम्झिने हो भने तुरुन्तै समाजवाद निर्माणमा लागौँ। यदि तुरुन्तै कोही लाग्दैन भने ओठ पड्कार्ने, जिब्रो फड्कार्ने, दिनभर यहाँ बसेर कुरा गर्ने, घर गएर अरुको कमाइ खाने। तपाईं तयार हुनुहुन्छ की हुनुहुन्न समाजवाद निर्माणका लागि । आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर। तपाईं सरकारमा भएको भए के हुन्थ्यो? तपाईंको पार्टी सरकारमा गएन। चुनावमा पनि त्यही काँग्रेससित मिलेर, सरकारमा पनि त्यही काँग्रेससित मिलेर। अनि काँग्रेस के हो? कम्युनिष्ट के हो? भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ। त्यहाँ मिलेर आउनुहुन्छ। पाए अहिले पनि मिल्ने कोशिस छ।’

उनले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.