|

काठमाडौं : संघीय संसद् अन्तर्गतका तीन समितिका बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। 

समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूचि छ । राष्ट्रयसभाको विधायन व्यवस्थापन समितिमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। 

बैठक दिउँसो १ बजे डाकिएको छ । राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.