|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक जारी छ।

शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा जारी बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको छ। 

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनका बारेमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । बैठकमा ७१ जनाले धारणा राखिसकेका छन्। 

आइतबार बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन्। त्यसपछि अध्यक्ष लिङ्देनको जवाफ र पार्टीको आगामी कार्यादेशबारे निर्णय गर्दै बैठक आइतबार समापन गर्ने तयारी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए। बैठकमा महामन्त्री धवलशमशेर राणाले प्रस्तुत गरेको दस्तावेजको भने चर्को आलोचना भएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.