|

शुभेच्छुक एवं भातृसंगठनहरू राजनीतिक दलहरूका नर्सरी हुन्। त्यसैगरी अखिल क्रान्तिकारी भनेको नेकपा माओवादी केन्द्रको नर्सरी हो। जहाँ ठिक ढंगले विरुवाहरू उत्पादन हुनुपर्दछ। नेपाली समाजमा भनिएसँगैचिल्लो पात’ सहितको विरुवा हुर्किनुपर्छ। 

त्यसैका निम्ति यसपटक विद्यार्थीहरूले आफ्नो निर्णय आफैँ गरुन्, पार्टीको विधान अधिवेशनका निर्णय कार्यान्वयन गर्दै पार्टीप्रति वैचारिक अबद्धता जनाउन् तर संगठनात्मक स्तन्त्रता प्रयोग गरून् भनेर पार्टीले भन्यो। अर्थात् नीति, विधि र नेतृत्व आफैँ चुन्न पार्टीले हस्तक्षेप नगरी विद्यार्थीहरूलाई अधिकार दियो।

प्रारम्भमा त्यसरी अघि बढेको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन भव्य नै भयो। तर दुर्भाग्य भनौँ, बन्द सत्रमा जाँदा विधि, नीति र नेतृत्व चयन एकै ठाउँमा हुँदा समस्या पैदा भयो छुट्टै विधान अधिवेशन गरेर गइएको भए परिस्थिति केही सहज हुन सक्थ्यो। 

अखिल क्रान्तिकारीमा विगतमा पनि उमेरहदको विषय नउठेको होइन। विद्यार्थीहरूले २२औँ राष्ट्रिय सम्मेलनमा पनि यो विषय उठाएका थिए। यसपटक भने छिनोफानो नगरी नहुने गरी बढी नै मुखरित भयो। 

त्यसपछि नेतृत्वमा मात्रै होइन, मुद्दामा पनि विद्यार्थीहरूबीच नै निर्वाचन गर्ने भन्ने निष्कर्ष पार्टीले निकाल्यो। तर पनि उमेरहदको पक्ष र विपक्षको छिनोफानो गर्न लोकतान्त्रिक प्रणाली (चुनाव) मा जान पनि असहज मान्दा सम्मेलन समयमा सम्पन्न हुन सकेन त्यसमाथि प्राकृतिक विपत्ति, चाडपर्वका कारण सम्मेल स्थागित गर्नुपर्‍यो। 

पछि नयाँ विधि बनाएर प्रदेश–प्रदेशमा केन्द्रित गरियो उमेर हदको विषयमा अनलाइनमार्फत विकेन्द्रित निर्वाचन भयो, जसबाट संगठनमा पहिलोपटक ३२ वर्षे उमेरहद लगाउने मत अनुमोदन भयो।

त्यसपछि घटनाक्रम जसरी अघि बढ्नुपर्थ्यो त्यसरी अघि बढेन। बरु त्यहीबाट थप जटिलतातर्फ मोडियो यसमा केही मनोविज्ञानहरूले काम गर्‍यो। केही उद्देलित नाराहरू लागे ‘गुटहरूको बन्ध्यारण, हेडक्वाटरमा केन्द्रीकरण’ भन्ने जुन नारा लगाइयो, त्यो बिलकुल जरुरी थिएन। 

किन भने स्वाभाविक रूपले पार्टीको सबै तह हेडक्वार्टरमा केन्द्रीकरण नै थियो। खासगरी अध्यक्ष कमरेड प्रचण्ड नै प्रमुख र सर्वस्वीकार्य नेतृत्वको रूपमा हुनुहुन्छ।

पार्टीको गत आठौँ महाधिवेशन र भर्खर सम्पन्न केन्द्रीय कमिटीले पनि त्यो कुरा स्वीकार गरिसकेको परिप्रेक्षमा त्यो नारा झनै आवश्यक थिएन। 

तर, पार्टीभित्रको सन्तुलनलाई अनवाश्यक उछालियो त्यसैकारण पार्टीभित्रको कतिपय मनोविज्ञानलाई तिलका रूपमा रहे पनि पहाड बन्न मद्दत गर्‍यो। फलस्वरूपः नारा झण्डै उल्टो हुन पुग्यो ‘हेडक्वार्टरम केन्द्रीकरण होइन, गुटहरूमा केन्द्रीकरण जस्तो स्थिति पैदा भयो। 

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पार्टीको मिनि महाधिवेशन जस्तो देखियो यो एकदमै दुःखद हो। राम्रो भएन। 

हामीले अस्ति भर्खरै एक वर्षभित्रमा महाधिवेशन गर्ने भनेका छौँ पुस २१–२४ को केन्द्रीय समिति बैठकले ६ महिना अभियान चलाउने र ६ महिना राजनीतिक, वैचारिक र संगठनात्मक बहस चलाएर महाधिवेशनमा जाने भनेका छौँ। 

तर, त्यसअघि नै विद्यार्थीको सम्मेलनमा अनावश्यक उछाल आयो, जसले माथिदेखि तलैसम्म एउटा चेनका रुपमा जोड्ने काम गर्‍यो यो पार्टी र अखिल क्रान्तिकारी दुवैका लागि राम्रो होइन। 

अखिल क्रान्तिकारीले आफ्नै मुद्दा र एजेण्डामा केन्द्रित हुने हो। समकालीन विद्यार्थी राजनीतिका ज्वलन्त मुद्दाहरूमा छलफल केन्द्रित गर्नुपर्ने, शैक्षिक तथा विद्यार्थी हितका विषय, राष्ट्रियता र जनजीविकका सवाल, संगठनका विगतको समालोचना गर्नुपर्ने हो। ठूलो मूल्य चुकाएर ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीतालगायत तमाम मुद्दाहहरूलाई प्रभावकारी कार्यन्वयन, मौलिक हक र अधिकारहरूको कार्यान्वयन गर्ने विषयमा छलफल गर्नुपर्ने हो। र पार्टी पनि त्यसतर्फ केन्द्रित हुन प्रेरित गर्नुपर्थ्यो।

​तर त्यतापट्टी नगएर यहाँ जसरी गुटहरूको बन्ध्याकरण भनेर सुषुप्त ढंगले बसेका गुटहरूमाथि अट्याक गर्ने काम भयो। 

यस्तो हुँदै गर्दा अध्यक्षकै निर्देशनमा यस्तो भयो कि? हामीलाई पेल्न खोजियो कि? अथवा हामीप्रति वैरभाव राखिएको हो कि? हामीले सहयोग गर्दागर्दै पार्टी हेडक्वाटरको नाममा हामीमाथि अलिकति वक्रदृष्टि किन राखियो? यो कहाँबाट, कसरी र किन भयो भनेर नेताहरू पनि तरंगित हुने स्थिति बन्यो, जुन राम्रो होइन। यसले पार्टीमा असन्तुलन पैदा गरेको छ, अस्वस्थता जन्माएको छ। 

हामीले गल्ती कमजोरी सच्याएर वैचारिक र सांगठनिक अभियानबाट पार्टीलाई ०६४ कै अवस्थामा फर्काउने संकल्प गरेका छौँ तर, अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा देखिएको यो परिस्थितिलाई न्यूनीकरण गरिएन भने पार्टीलाई नराम्रोसँग धक्का पुग्छ।

त्यसकारण विद्यार्थीहरूका कारण उत्पन्न तरङ्गहरूलाई न्यूनीकरण गर्न सक्नुपर्छ नेताहरू लक्षित धारणा र नाराहरू जहाँ–जहाँबाट जे–जे ढंगले आए, पार्टीमा त्यसको गम्भीर समीक्षा गरेर विद्यार्थीको सम्मेलनमा उठेका विषय हल गर्न सक्नुपर्छ अन्यथा यो तरंगले कसैलाई फाइदा पुर्‍याउने छैन।

(माओवादी केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारी निवर्तमान अध्यक्ष तामाङसँग थाहाकर्मी डाकमान राईले गरेका कुराकानीका आधारमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.