जनकपुरधाम : नव मिथिला फाउन्डेशनको आयोजनामा छैटौँ जनकपुर साहित्य महोत्सव ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ थिममा बिहीवार शुरु हुँदै छ।
तीन दिनसम्म चल्ने यो महोत्सव माघ २४, २५, र २६ गते जनकपुरको राममन्दिर पार्कमा आयोजना हुनेछ।
फाउन्डेशनले विगत पाँच वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ। योपटक छैटौँ संस्करणमा प्रवेश गर्दै महोत्सवले मिथिलाको साहित्यिक, सांस्कृतिक र सामाजिक चेतनालाई समेटेर विविध सत्र सञ्चालन गर्ने योजना बनाएको छ।
मंगलवार अध्यक्ष अमितकुमार साहले पत्रकार सम्मेलन आयोजना गरी महोत्सवले साहित्य र समाजका विविध पक्षमा गहन छलफल, बहस र समालोचनाका माध्यमबाट समृद्ध ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखेको बताए।
साहले भने, ‘योपटक पनि हामीले साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता महत्त्वपूर्ण विषयमा सत्रहरू आयोजना गर्ने तयारी गरेका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।