भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित) ले देशमा आउने जुनसुकै सङ्कटबाट भाग्ने होइन कि डटेर सामना गर्ने सामर्थ्य राजनीतिक कार्यकर्तामा हुनुपर्ने बताएका छन्।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै उनले देशका नयाँ पुस्तालाई देशभक्तिको भावनाबाट सधैँ प्रेरित गर्दै सङ्कटमा डटेर सामना गर्ने सामर्थ्यवान बनाउनुपर्ने बताए।
अध्यक्ष विजुक्छेले अवकाश प्राप्त कर्मचारी राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउँदै अवकाश प्राप्त कर्मचारीको ज्ञान, सीप र अनुभव उपयोग गर्ने योजना सरकारले ल्याउनुपर्ने बताए।
भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो मूर्तरूप लिने विश्वास व्यक्त गर्दै उनले ख्वप विश्वविद्यालय सञ्चालन नेपालको शैक्षिक क्षेत्रको विकासमा एउटा नवीनतम अभ्यासको रूपमा रहने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।