|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियामा आइसकेपछि तीनवटा चुनाव लडिसकेको, अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिका रुपमा देशभर छाएको दावी गरे।

उनले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको पनि बताए।

उनले आफूसँग तस्वीर खिच्न, आफूलाई छुन चाहनेहरू अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महसुस आफूले गरेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.