|

काठमाडौं : देशकै ठूलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । 

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमुना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । 

गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाहीबाट भित्रिएका दुई गोलभेँडाको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ८३.६५९ र ७२.७५३ प्रतिशत भेटियो ।

प्रयोगशालाले सर्लाहीका दुई किसान प्रेम गोपाली र धानचरी लामाले ल्याएको गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६ बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८ बजे पुग्दा घातक विषादी भेटिएको गोलभेडा सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । थोरै बाँकी रहेको गोलभेडा समितिको नेतृत्वमा नष्ट गरियो । 

कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२ देखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ३ बजेदेखि ६र७ बजेसम्म बजारमा भित्रिएको लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ । 

तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार्छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको बताए। राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पुर्‍याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ६र७ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ हुँदैन । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.