|

काठमाडौँ : ताप्लेजुङमा पाथीभरा केबलकार विवादमा आन्दोलनरतपक्षले कर्मचारीस्तरको वार्ता टोलीसँग वार्ता नगर्ने भएको छ। उनीहरूले अब गृहमन्त्री रमेश लेखकसँग वार्ता हुने जनाएका छन्। 

आन्दोलनरतपक्षका वार्ता टोलीका सदस्य सरस्वता सिंगक (सरु) ले आज भएको वार्तामा सहमति नभएपछि अब कर्मचारीस्तरको टोलीसँग वार्ता नगर्ने बताएकी हुन्। 

माघ २२ गते ६ बुँदे सम्झौता गरी सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आज बिस्तृत छलफलका लागि वार्ता बस्ने मिति तय भएको थियो। आज छलफल भएको तर कुनै निष्कर्ष ननिस्किएपछि कर्मचारीस्तरसँग वार्ता नगर्ने निर्णयमा आन्दोलनरतपक्षका वार्ता टोली पुगेका छन्। अब उच्चस्तरीय राजनितिक नेतृत्वसँग मात्रै वार्ता गर्ने उनले थाहाखबरलाई बताइन्।

केवलकार निर्माण कार्य रोक्ने मागबाट आन्दोलनरतपक्ष पछि नहटेपछि वार्ता अघि बढ्न नसकेको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

गृह मन्त्रालयले आजै एक विज्ञप्ति जारी गरी सरकारी वार्ता टोली वार्ताबाट निकास निकाल्न प्रतिबद्ध रहेको जनाउँदै वार्ता र सहमतिबाट समस्या समाधान गर्ने आन्दोलनरत पक्षसँग अनुरोध पनि गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.