|
फाइल फोटो

काठमाडौं : सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई हिम्मत भए संसद भवन भत्काएर देखाउन चुनौती दिएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले कवाडी मजदुर घाइते हुनेगरी डोजर चलाएको भन्दै उनले यस्तो आक्रोस व्यक्त गरेका हुन्।

 ‘म बालेनलाई च्यालेन्ज दिन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाउ, सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काऊ।’  सिंहले भने, यो नाजीवादको शैली काठमाडौंका मेयरको चल्दैन।’

उनले काठमाडौँका मेयर बालेन शाहले नाजीवादको शैली अपनाएको आरोप लगाए। ‘यहाँ नाजीवाद र फासीवादको सुरुवात हुन खोजेको हो?’ उनले प्रश्न गरे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.