|

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई सिंहदरबार वा संघीय संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले प्रमुख साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षणसमेत गराए। उनले प्रमुख साह तानाशाह भएर निस्किएको उल्लेख गरे।

उनले मेयर साह नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको बताए। उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपतिनिवास शीतलनिवास भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन।'

उनले प्रमुख बालेनलाई संसद भवनसँगै सिंहदरबार, सर्वोच्च अदालत, शिलतनिवास र बालुवाटर भत्काएर देखाउन चुनौती दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.