काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तेष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले राज्यले संविधानविपरीत हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताए। उनले दलितमाथि भइरहेको अत्याचार र दमन अन्त्य गर्नको लागि आवश्यक कानुन बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए।
उनले व्यववस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दासमेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताए। उनले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गरे।
उनले भने,‘हामीले व्यवस्था परिपर्वतन गर्यौँ, संविधान बनायौँ तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरु घरबास उठिवास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरु र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने?’
दलितलाई मान्छे हुन नदिनको लागि राज्यका संयन्त्र र संस्थानहरु नै लागिपरेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।