|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानूनका आधारमा नभई नियमावलीको आधारमा आफूअनुकूल हुने कानून बनाउन उद्दत रहेको आरोप लगाएकी छन्।

सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो आरोप लगाएकी हुन्। उनले जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका कुरा सरकारले सुन्न छोडेको आरोप पनि लगाइन्। 

उनले पारित भएर आएको कानूनबाटै सरकार निवयमावलीको आधारमा कानून बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताइन्। 

‘सरकार ध्यानाकर्षण गराएका कुराहरु सुनिरहेको छैन। सुनोस् पनि कसरी सरकार ऐन, कानूनमा टेकेर हैन नियमावली हेरेर ऐन कानून परिवर्तन गर्न जोड दिइरहेको छ‚’ उनले भनिन्, ‘पारित भएर आएको कानूनबाट सरकार ऐन र कानूनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानून निर्माण गरेर भ्रष्टाचार गर्न तयार छ भन्ने प्रष्ट भएको छ। जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट शुरु गरौँ?’

उनले सरकारले विकास निर्माणका काममा चासो नदेखाएको कारण विभिन्न सडक आयोजना निर्माणको काम अलपत्र परेको समेत बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.