|
सांकेतिक तस्वीर

किमाथाङ्का : सङ्खुवासभाको मकालु गाउँपालिका–५ खोत्ताकबाट लोड गरिएको भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

मकालु–५ खोत्ताकबाट लोड गरिएको भरुवा बन्दुकसहित हेमराज विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। 

अवैध रुपमा हातहतियार बनाउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाले हिजो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। 

प्रहरीले विश्वकर्माको कोठामा खानतलासी गर्दा लोड भएको भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, सोडाजस्तो देखिने सेतो ठोस पदार्थ २ किलोग्राम, भरुवा बन्दुकमा लाग्ने घोडीजस्तो देखिने फलामको टुक्रा ४ थान बरामद गरेको प्रनाउ बस्नेतले बताए। 

घोडीको साइडमा लाग्ने फलामको टुक्रा थान १, भरुवा बन्दुकमा प्रयोग हुने छर्राजस्तो देखिने सिसाको टुक्रा २५ थान, भरुवा बन्दुकमा प्रयोग हुने बेयरिङ जस्तो देखिने पदार्थ ११७ वटा, भरुवा बन्दुकमा प्रयोग हुने केपजस्तो देखिने पदार्थ १ बट्टा र बारुदजस्तो देखिने कालो पदार्थ एक सय ग्राम, सुवाग जस्तो देखिने सेतो पदार्थ दुई ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.