|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका –१२ को भाइरल रोडमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी भीमदत्त नगरपालिका वडा नम्बर १३ बस्ने २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको ज्यान गएको हो।

सोमबार राति सुपप्र–०१–०१२प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको थियो। 

तीव्र गतिका कारण मोटरसाइकल नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.