|

हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ। इजरायलले युद्धविराम सम्झौता  उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ स्थगित गर्न लागेको हो।

हमासको सशस्त्र शाखाका एक प्रवक्ता अबु ओबेदाले इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म रिहाइ अगाडि बढ्ने बताए। हमासले विस्थापित प्यालेष्टिनीलाई फर्काउन ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र गाजामा मानवीय सहायता प्रवेश गर्न नदिएको आरोप लगाएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले ले हमासको यो घोषणालाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लंघन’ भनेका छन्। रक्षामन्त्री भने कि उनले इजरायल रक्षा बललाई गाजामा हुने कुनै पनि सम्भावित परिस्थितिको लागि उच्चतम स्तरको सतर्कतामा तयार रहन र समुदायहरूको सुरक्षा गर्न आदेश दिएका छन्।

इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दी बनाइएका तीन जनालाई शनिबार रिहा गर्ने तय भएको थियो। जनवरी १९ मा युद्धविराम शुरु भएदेखि ५६६ कैदीको बदलामा १६ इजरायली र पाँच थाई बन्धक रिहा गरिएको थियो।

तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा, ३३ बन्धक र १ हजार ९०० कैदी रिहा हुने अपेक्षा थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.