|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद बैठक संसदको नियमावलीअनुसार नचलेको टिप्पणी गरेका छन्।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले नियमापत्ति गर्दा संसद नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए। यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाएका थिए।

पराजुलीलेले सरकारले दुई तिहाईको धाक लगाउँदै संसदलाई पेल्न खोजेको आरोप लगाए। उनले संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गरे। 

सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.