काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताएका छन्।
बिहीवार काठमाडौँमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४ को उद्घाटन गर्दै उनले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेकाले त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
उनले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भए पनि बजेट शुन्य रहेको बताए। उनले कृषिमा प्रविधिको दशक शुरु भएको घोषण गरेको तर बजेट शुन्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरूले युवाहरु विदेश पलायन भइरहेको बताए।
मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताए।
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताए। त्यसका लागि विशेष व्यवसथा गरेर भए पनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको उनको भनाइ थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।