काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका- ११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार बेलुकी मृत फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए।
उनी सोमबारदेखि सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर उनको शव निकालेर दमक अस्पताल पुर्याएको थियो ।
गङ्गाकुमारीका श्रीमान् भारतमा बस्ने वडाध्यक्ष आङ्गबोले जानकारी दिए। घटनाबारे अनुसन्धान शुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।