|

काठमाडौं : उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब मङ्गलबार थन्डर बोल्ट नर्थ युनाइटेड भारतलाई ३–० ले हराएर २४औँ संस्करणको आहा रारा
पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा भएको खेलमा ब्ल्याक बुल्सका इस्लोमजोन आब्दुकोडिरोभ, स्थानापन्न खेलाडी साइडजामेल दाभलाट्जोनभ र साभ्काटजोन साट्टोरोभले गोल गरे। खेलको ३८ औँ मिनेटमा स्लोमजोनले गोलको खाता खोलेका थिए।

साट्टोरोभले दिएको पासलाई स्लोमजोनले थन्डर बोल्डका गोलरक्षक लाक्पा भुटियासँगको‘वान भर्सेस वान’ कोस्थितिमा गोलरे। खेलको ७३ औँ मिनेटमा दामलाट्जोनभले गरेको गोलमा पनि साट्टोरोभकै ‘एसिस्ट’ थियो । साट्टोरोभले डिबक्सभित्रबाटै मिलादिएको पासमा दामलाट्जोनभले राम्रो ‘फिनिसिङ’ गरे। दुई मिनेटपछि आफैँले गोल गरे।  नर्थ युनाइटेडले भने गोल हुने खालको आक्रमण गर्न सकेन।

खेलको ८५ औँ मिनेटमा करण राईले प्रहार गरेको हेड बललाई विपक्षी किपर राजाबोभले सजिलै बचाए।  नर्थ युनाइटेडका प्रशिक्षक सोनम भुटियाले खेलाडीबिच तालमेल नहुँदा गोल हुन नसकेको बताउँदै विपक्षी टोलीले राम्रो खेलेको प्रतिक्रया दिए।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले आफ्नो टिम जितको हकदार भएको बताउँदे आगामी खेल पनि उत्कृष्ट बनाउने गरी रणनीति तय गर्ने बताए उज्बेकिस्तान टिम ब्ल्याक बुल्सले फाइनलमा प्रवेश गर्न थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने छ।  आहा रारा पोखरा गोल्डकपमा आज पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्चा ब्वाइज क्लबबिच हुने छ। आहा राराको यो २५० औँ खेल हो। मोफसलमा आयोजना हुने प्रतियोगितामा २५० औँ खेल पुगेको यो पहिलो हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.