|

काठमाडौं : आहारारा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण आजसुरु हुँदैछ। 

पहिलो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्। खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा सुरु हुनेछ। 

६ पटकको च्याम्पियन पुलिस चर्च ब्वाइजलाई हराउँदै फाइनल यात्रा तय गर्न चाहन्छ। उता चर्च ब्वाइज पनि पुलिसलाई पाखा लगाउँदै उपाधि होड बलियो बनाउन चाहन्छ। 

भोलि हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन ३ गते हुनेछ। उज्वेकिस्तानको ब्लकबुल्सले हिजो भएको अन्तिम क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट्सलाई पाखा लगाउँदै थ्रीस्टारसँगको भेट पक्का गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.