|

उत्तरपूर्वी सिरियाको अल–अरिशा शरणार्थी शिविरमा मंगलवार विस्थापित सिरियालीहरूको पहिलो ठूलो मात्रामा स्वेच्छिक स्वदेश फिर्ता भएका छन्। जसमा ५८ परिवारका ३०५ जना सहभागी थिए।

शिविरका प्रशासक सलवा अहमद हाजोले आगामी हप्ताहरूमा विस्थापित सिरियालीहरूको थप योजनावद्ध फिर्ता हुने बताए। हाजोले स्वेच्छिक फिर्ताको श्रेय सिरियाको राजनीतिक परिवर्तन, शिविरमा बिग्रँदै गएको जीवनयापन अवस्था र “सहायता संस्थाहरूको घट्दो क्षमतालाई दिए।

मिडिया रिपोर्टहरूका अनुसार हसाका शहरबाट लगभग २५ किलोमिटर दक्षिणमा रहेको अल–अरिशा शरणार्थी शिविर यस क्षेत्रको सबैभन्दा ठूलो शिविरहरूमध्ये एक हो। जहाँ लगभग २ हजार ७ सय परिवारमा लगभग १४ हजार मानिसहरू बस्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.