काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको आगलागीबाट ३ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर गरेर आगलागी लगायत विपदका २४ वटा घटना भएको छ।
त्यसमध्ये सोलुखुम्बु,दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगालागी भएको हो।
पछिल्लो समयमा आगलागकिा घटना बढ्दो क्रममा रहेको छ। डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।