|

काठमाडौं : रचनाकारद्वय जनकवि दुर्गालाल श्रेष्ठ र प्रकाश दीप श्रेष्ठका नेपाल भाषाको 'गुलि हिसि दुम्ह भाजु र पुलुक्क खनेवं' सार्वजनिक भएका छन्।

गायिका श्रृजना श्रेष्ठको स्वर रहेको उक्त गीत बुधबार जमलस्थित विश्वज्योति हलमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। यी दुवै गीतमा मनराजा नकर्मीको संगीत रहेको छ।

सार्वजनिक गरिएका दुवै गीतलाई निर्देशक सुरज नापितले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन सोहन मानन्धरको रहेको छ। त्यस्तै मोडलमा भीषम शाक्य, रोजिना सु्वाल, श्रीजना अवाले, अनुज शाक्यलगायत रहेका छन्।

उक्त कार्यक्रममा सभापतिका रुपमा वरिष्ठ गायक जुजुकाजी रंजित, मुख्य अतिथिका रुपमा वरिष्ठ संगीतकार प्रकाश गुरुङ विशेष अतिथिद्वय वरिष्ठ पप सम्राट ओम विक्रम विष्ट र वरिष्ठ गायिका संगीता शाक्य थापाले गीत संगीतको बारेमा आ-आफनो विचार व्‍यक्त गरेका थिए।

संचारकर्मी एवं गायक शुलिन शाक्यले संचालन गरेको उक्त कार्यक्रममा संगीतकार मनराजा नकर्मीले उक्त गीतहरु संगीत भर्दाका अनुभवहरु पनि सुनाएका थिए।

त्यस्तै, वरिष्ठ संगीतकार प्रकाश गुरुङले गीत भाइरल र हिटको बारेमा भिन्नता बताउँदै संगीत पारखीहरुको तालीले हल गुन्जायमान  भएको थियो।

दुवै गीतलाई लिएर समीक्षा भने वरिष्ठ सिने पत्रकार विजय रत्न असंवरेले गरेका थिए। कार्यक्रमा विभिन्न संचारकर्मीहरुको बाक्लै उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.