|

काठमाडौँ : फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गर्दै आएको छ। रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ।

फ्रेसकेटिएमका डाइरेक्टर शिव न्यौपानेका अनुसार उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्न फ्रेसकेटिएमले काठमाडौँको रातोपुल, झम्सिखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटमा दैनिक उपलब्ध गराउँदै आएको छ।

एकीकृत कृषि मोडेल, पोषण र कीट नियन्त्रणमा नयाँ दृष्टिकोण फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको उनको भनाइ छ। उनका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीका साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ। जसले उपभोक्तालाई स्वस्थकर खानामा पहुँच पुर्‍याउन मद्दत गरेको उनको दाबी छ।

उनका अनुसार स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीव उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्धतिलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा शुरु गरिएको हो।

‘जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढीले रोजगार पाएका छन्’, न्यौपानेले भने, ‘जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ।’

उनका अनुसार कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फार्ममा रहेका २५० भन्दा बढी भैंसीको गोबर तथा जैविक स्रोत उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीव उत्पादन गरिएको छ।

‘यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ, जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ।’ विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आफ्ना आउटलेटहरू विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.