भारतको कुल व्यापार सन् २०३३ सम्म १ दशमलव ८ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यस अवधिमा भारतको व्यापार वार्षिक ६ दशमलव ४ प्रतिशतको चक्रवृद्धि वृद्धिदरका साथ विस्तार हुने बीसीजी रिपोर्टमा उल्लेख गरिएको छ।
भारत सरकारले उद्योग प्रवर्द्धनका लागि प्रोत्साहन नीति, सस्तो श्रमशक्ति, र तीव्र गतिमा सुधार भइरहेको पूर्वाधारको विकासलाई प्राथमिकता दिइरहेकाले विदेशी लगानी र व्यापार साझेदारीका लागि भारत आकर्षक गन्तव्य बन्दै गएको छ।
अमेरिका, युरोप, र एशियाली मुलुकहरूसँग व्यापारमा तीव्र वृद्धि भारतको व्यापार वृद्धिमा भौगोलिक विविधता देखिनेछ। आगामी दशकमा अमेरिकासँगको व्यापार दोब्बर हुने अनुमान गरिएको छ, जसले २०३३ सम्म ११६ बिलियन अमेरिकी डलर पुग्नेछ।
यस वृद्धिले भारत र अमेरिकाबीच बढ्दै गएको राजनीतिक तथा आर्थिक सम्बन्ध, विशेष गरी रक्षा र प्रविधि क्षेत्रमा सहकार्य झल्काउँछ।
त्यसैगरी, युरोपियन युनियन, एसियान, र अफ्रिकासँगको व्यापार ८० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। जापान र मर्कोसर राष्ट्रहरूसँगको व्यापार झण्डै दोब्बर हुनेछ भने अस्ट्रेलिया र दक्षिण कोरियासँगको व्यापार तीन गुणाले वृद्धि हुने अनुमान छ।
पश्चिमी मुलुकहरूसँग भारतको व्यापार विस्तार जारी रहने भए पनि चीन र पश्चिमी अर्थतन्त्रहरूबीच व्यापार सुस्ताउने अनुमान गरिएको छ। यसको प्रतिक्रिया स्वरूप चीनले भारत, रूस, एसियान, अफ्रिका लगायतका राष्ट्रहरूसँग आर्थिक सम्बन्ध मजबुत पार्ने प्रयास गरिरहेको छ।
भारतको व्यापार वृद्धिको यो प्रवृत्ति दीर्घकालीन रूपमा देशको आर्थिक सशक्तीकरणका लागि महत्त्वपूर्ण हुने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।