काठमाडौं : क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो, डोल्पा। त्यही डोल्पाको त्रिपुराकोट गढीमा सन् १११४ मा स्थापना भएको हो त्रिपुरासुन्दरी मन्दिर।
सातौँ शताब्दीका राजा विक्रम शाहीको दरबार थियो। अहिले मन्दिर भएको ठाउँमा त्यो वेला राजाको दरबार थियो। त्यहाँ रहेको ओखलबाट त्रिपुरासुन्दरी भवगवतीको उत्पत्ति भएको मानिन्छ।
प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक देखिन्छन्। मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल रहेका छन् ।
त्रिपुरासुन्दरीले भक्तजनको इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ हरेक वर्ष बडादशैँ, चैतेदशैँ, श्रीपञ्चमीर महाशिवरात्रिमा ठूलो मेला लाग्छ। त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।