दाङ : दाङको दंगीशरण गाउँपालिका ६ स्थित सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालयमा २०७६ सालदेखि प्राविधिक धार अन्तर्गत कृषि विषयमको पढाइ हुँदै आएको छ।
कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले पढ्दै आएका छन्। विद्यालयहरु पढ्दै र पढेको कुरा व्यवहारमा लागू गर्दै विभिन्न किसिमका खेतीहरु गर्दै आइरहेका छन्। विद्यालयमा प्रशस्त जग्गा भएयता पनि सिँचाइ अभावले समस्या रहेको छ। विद्यालयमा अहिले प्राविधिकधार तर्फ ६० जना विद्यार्थीहरुले पढ्दै सिक्दै आइरहेका छन्।
कक्षा ९ देखि नै कृषितर्फ पढ्दै सिक्दै गर्दा विद्यार्थीहरुले पनि राम्रै ज्ञान लिएका छन्। विद्यार्थीहरुले रोपेका टमाटर लटरम्म फलेको छ। जग्गा प्रसस्त भएयता सिँचाई अभावले सानो क्षेत्रमा खेती गरेका छन्। कक्षा १२ मा अध्ययनरत विद्यार्थी चन्द्रकला बोहराले पानी अभावका कारण तरकारी खेती गर्न समस्या भइरहेको बताइन्। उनले विद्यालयमा पढ्दै सिक्दै कार्यक्रमले थोरै भएपछि आर्थिक आम्दानी हुने गरेको बताइन्।
अर्की विद्यार्थी अञ्जु डाँगीले विद्यालयमा बढ्दै सिक्दै गर्दा पछि गएर राम्रो आम्दानी गर्न सकिने बताइन्। उनले अहिले आफूहरुले विद्यालयमा पढ्दै सिक्दै गर्दै गरिरहेको भन्दै भोलिका दिनहरुमा व्यवसायिक रुपमा खेती गरेर आयआर्जन गर्न सकिने समेत बताइन्। उनले भनिन्,‘ यो पढाइले हामीलाई धेरै फाइदा भएको छ। घरमा पहिला बुवाआमाले परम्परागत रुपमा तरकारी खेती गर्नुहुन्थ्यो। तर, अहिले कुन तरकारी कहिँले, कसरी लगाउने? कुन रोग लागेको बेला के प्रयोग गर्ने जस्ता कुराहरु हामीले सिकेका छौँ। जसले गर्दा पनि अहिले घरमा हामीले त्यसैगरी तरकारी खेती गर्ने गरेका छौँ।’
यस्तै, उनले पानीको अभावका थोरै ठाउँमा मात्र तरकारी खेती हुने गरेको भन्दै च्याउ खेती पनि गर्ने गरेको बताइन्। च्याउ पनि राम्रो उत्पादन हुने र यहाँ उत्पादन भएको च्याउ तथा तरकारीहरु आफूहरु र शिक्षकहरुले किनेर लैजाने बाँकी रहेको यहीँका स्थानीयहरुलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।
विद्यार्थीहरु विद्यालयमा टमाटर, आलु खेतीसँगै च्याउ खेती गर्दै आएका छन्। विद्यार्थीहरुले पढ्दै सिक्दै गर्दै गरेर गरेको खेतीबाट उत्पादन हुने सबै तरकारीहरु बिक्री हुने गरेको विद्यालयका कृषि संयोजक शिक्षक नारायण प्रसाद घिमिरेले बताए। विद्यार्थीहरुले धेरै खेती गर्ने सक्ने भएयता पनि सिँचाइको अभाव रहेको उनको भनाइ छ।
गत वर्ष एक क्युन्टल भन्दा बढि च्याउ उत्पादन भएकोमा सबै बिक्री भएको उनको भनाइ छ। यसपटक पनि धेरै मात्रामा च्याउ खेती गरिएको उनले बताए। उनका अनुसार अहिलेसम्म २ ब्याजको विद्यार्थीहरु पास आवट भइरहेको र धेरै जना विद्यार्थीहरुले आफै कृषि फर्म संचालन गरिरहेका छन्।
यो पढ्दै सिक्दै कार्यक्रमले विद्यार्थीहरु उत्साहित भएको समेत उनले बताए। यस्तै, आफूहरुले तरकारी खेतीसँगै विउ पनि उत्पादन गर्ने गरेको भन्दै यहाँका समुदायहरुलाई बिक्री गर्ने गरेको बताए।
विद्यालयको विभिन्न ठाउँमा धेरै जग्गा रहेको छ। तर, विद्यार्थीहरुलाई पढाउँदै सिकाउँदै गर्नु पर्ने भएकाले विद्यालयमै खेती गर्ने गरेको विद्यालयका प्रधानध्यापक श्रीधर शर्माले बताए। विद्यालयमा कृषिधारको पढाइले विद्यार्थीहरुले आफूले सिकेको शिक्षा घरमा पनि लागू गर्ने गरेको उनको भनाइ छ।
उनले पनि सिँचाईको अभाव रहेको भन्दै यसका लागि स्थानीय सरकारसँग पहल गरेको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।