काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले विश्व शान्तिको कामना गर्दै भारतको उत्तर प्रदेशको पर्यागराजमा लागेको कुम्भमेलाको जल ल्याएर आज शनिबार आराध्यवेद भगवान पशुपतिनाथमा चढाएका छन्।
गत माघ ३० गते पर्यागराजमा लागेको कुम्भमेलामा पुगेमन पूर्वमन्त्री एवम् सांसद आलेले त्यहाँको पवित्र जल ल्याएका थिए। उक्त आज पशुपतिनाथ मन्दिर पुगेर चढाएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
उनले भने, “पूर्वमन्त्री आलेले पर्यागराजमा लागेको कुम्भमेलाबाट पबित्र जल ल्याउनु भई आज बिश्व शान्तिको कामना गर्दै पशुपतिनाथमा चढाउनु भएको हो।”
यसअघि पुस २० गते विश्व हिन्दु महासंघले सांसद एवं पूर्वमन्त्री आलेलाई हिन्दु रत्न अवार्डसमेत प्रदान गरेको थियो। महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शंकराचार्यसहित महासंघका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका थिए।
महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्याउनेलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ।
हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै सांसद आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको सांसद आले स्वकीय सचिवालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।