|

ललितपुर : सिम्रिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार ललितपुरको गोदावरी नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ११ मा अवस्थित वाणिविलास माध्यमिक विद्यालयको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको सिम्रिक सहकारीका अध्यक्ष गोपालहरि पोखरेलले जानकारी दिए।  लायन्स क्लब ललितपुरको सहयोगमा भएको रक्तदानमा २२ जना पुरुष र १७ जना महिलाले रक्तदान गरेका छन्। 
सिम्रिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गत फागुन १ गतेबाट १८औँ वर्षमा प्रवेश गरेको छ। २०६४ साल फागुन १ गते स्थापित सिम्रिकको हाल २ हजार ३ सयजना सदस्य र २३ करोडको कारोबार रहेको कोषाध्यक्ष सुशील आचार्यले जानकारी दिए।

संस्थाले ऊर्जा,वातावरण ,शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रहरूमा सामाजिक कार्य गरेको छ। सोलार बत्ती वितरण, वातावरण र्‍याली, डस्टबिन वितरण , शैक्षिक सम्मान जस्ता स्मरणीय कार्य गरेको छ। सिम्रिक सहकारी विसं २०७४ सालको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको थियो। 

संस्थाको शेयर पुँजी १ करोड ६२ लाख, कारोबार २३ करोड, अर्धवार्षिक समीक्षा अवधि सम्ममा खुद नाफा १५ लाख रहेको आचार्यले बताए । यसअघि गत असारमा खुद नाफा ८२ लाख रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.