|

डडेल्धुरा : डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन्।

अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो।

तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.