|

मान्म : कालीकोटमा माछा मार्ने क्रममा तीला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन्।

तीलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीय भोजनबहादुर शाही तीला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्न नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोज्न थालिएको छ।

बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।

स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तीला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.