|

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। यसैगरी डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको छ। 

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ। 

नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.