५ देखि ६ प्रतिशत भाग जलेको छ : अस्पताल

|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पोखरामा बेलुनमा आगो सल्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर बर्न अस्पतालमा पुगेका छन्। 

मन्त्री पौडेलले उनीहरूसँग भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए। उनले चिकित्सकहरूबाट राम्रोसँग उपचार भइरहेको पाएको र उपचारमा कुनै कमी नल्याउनका लागि अनुरोध गरेको बताए।

मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको पनि बताए।

आज पोखरा भ्रमण वर्ष उद्घाटनका बेला बेलुन उडाउने क्रममा आगो सल्किएर उनीहरू घाइते भएका थिए। उनीहरूको ५ देखि ६ प्रतिशत शरीर जलेको अस्पतालले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.