|
प्रतीकात्मक तस्विर

काठमाडौं : बर्दियाको मधुवन नगरपालिकामा चितुवाले आक्रमण गर्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । 

मधुवन नगरपालिका वडा न ७ भाटचोकमा शनिवार बेलुकी ८ बजेतिर आँगनमा खेलिरहेको बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। रिहानकी आमा रचना छोरा रिहानलाई लिएर सानीआमाको घरमा आएकी थिइन्।  

आँगनमा खेलिरहेको बालक हराएपछि घरपरिवारले हारगुहार गरेका थिए। स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट५०० मिटर दक्षिणपूर्व खेतमा बेलुकी ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.