काठमाडौँ : काठमाडौँको धोबीखोलामा कार खसेको छ।
बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भएर आइतबार साँझ खोलामा खसेको हो।
उक्त कार काठमाडौँ महानगरपालिका वडा नम्बर १० र २९ जोड्ने मदन भण्डारी कलेजसँगै रहेको पुलबाट खसेको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ। महानगर प्रहरी बलको टोली उद्धारका लागि खटिएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।