विराटनगर : पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलेका छन्।
धरान–९ हङकङ होटलभित्र थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मुकुम्लुङ संघर्ष समितिका नेताहरूले याक्थुम चुम्लुङ केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदम लिम्बू माबोलाई कालोमोसो दलिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यसको विषयमा सुनसरी प्रहरीले पनि पुष्टि गरेको छ।
आइतबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलनको समयमा भएको हो। घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर पठाएको जनाइएको छ।
ताप्लेजुङ घर भएका माबोलाई केबलकार निर्माण कम्पनीका प्रमुख चन्द्र ढकालबाट कमिशन खान खोजेको भन्दै संघर्ष समितिले आक्रमण गरेको हो। पत्रकार सम्मेलनमा भने याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसिंह मेन्याङ्बोको पनि उपस्थिति थियो।
पछिल्लो समय केबलकार निर्माण खारेजीको माग राख्दै नो केबलकार पक्ष आन्दोलनरत छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।