काठमाडौं : इङ्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले उल्भरह्याम्टनविरुद्ध २–१ को जित निकालेको छ।
जितसँगै लिभरपुलले २५ खेलमा ६० अंक जोडेको छ। यो दोस्रो स्थानको आर्सनलको भन्दा सात अंक बढि हो।
पराजित उल्भरह्याम्पटन समान खेलबाट १९ अंकका साथ १७औं स्थानमा छ। उल्भरह्याम्टन रेलिगेसन क्षेत्रमा रहेको इप्सवीच टाउनभन्दा मात्र दुई अंकले अगाडि छ।
इनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे। उल्भरह्याम्पटनका लागि म्याथ्युज कुन्हाले गोल फर्काए।
खेलको १५औं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। ३७औं मिनेटमा सलाहले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए।
कुन्हाले ६७औं मिनेटमा गोल गर्दै उल्भरह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन। गएराति नै भएको अर्को खेलमा टोटनह्यामसँग म्यानचेस्टर युनाइटेट पराजित भएको छ। टोनटनह्यामले युनाइटेटलाई १–० ले हराएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।