|

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। 

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको छैटौं र सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। 
यस्तै नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.