|

काठमाडौं : भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपालकी प्रकृति लम्साल मृत्युमा संग्लन एकजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा त्यसै कलेज पढ्ने तेस्रो वर्षका विद्यार्थी अद्विक श्रीवास्तव रहेका छन्।

ती युवकले कथित रूपमा दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ। मृतकको शवलाई अहिले पोस्टमार्टमको लागि क्यापिटल अस्पताल लगिएको छ। सामाजिक सञ्जाल एक्समा ती युवाले प्रकृतिलाई दुर्व्यवहार गरेको अडियोसमेत पोष्ट गरिएको छ। लम्सालको मृत्युपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई धरपकड गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Personal security guards beating the Nepali international students, video 👇🏻 pic.twitter.com/hb16KGC2BW

— CricFreak69 (@Twi_Swastideep) February 17, 2025

लम्साल मृत भेटिएपछि विद्यार्थीहरूले क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए। उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै क्याम्पस प्रशासनको लापरबाहीको विरोध गरेका थिए ।

तर, प्रशासनले उल्टै विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ।   एक्समा क्रिकफ्रिक नामको ह्याण्डलबाट त्यस कलेजमा नेपाली विद्यार्थीहरूले लम्सालको आत्महत्या नभई हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरिएको भिडियो सार्वजनिक भएको छ।

यति मात्र होइन उक्त ह्याण्डलबाट नेपाली विद्यार्थीहरूलाई आफ्नो सामान बोकेर कलेजबाट बाहिरिएको भिडियो पनि समावेश छ।

 

 

 

 

Protests are ongoing at KIIT University following the tragic death of a 3rd year https://t.co/SL5l9Xete0 Nepali Student #PrakritiLamsal . pic.twitter.com/pgPWXx6h5O

— CricFreak69 (@Twi_Swastideep) February 17, 2025

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.