|

संयुक्त राष्ट्र सङ्घ (युएन) ले सुडान भित्र र छिमेकी देशहरूमा जारी द्वन्द्वबाट प्रभावित करिब दुई करोड ६० लाख सुडानीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय अपील गरेको छ।

मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसीएचए) ले सन् २०२५ सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको सुरुवात गरेको घोषणा गर्यो, जसमा सुडान भित्रका लगभग २१ लाख मानिस र छिमेकी देशहरूमा रहेका पाँच लाख शरणार्थीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलर चाहिन्छ।

'सुडानले मानवीय आपतकालको सामना गरिरहेको छ,' मानवीय मामिलाका लागि उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले बताए। 

'सुडानमा यौन हिंसाको महामारी फैलिरहेको छ। बालबालिका घाइते भइरहेका छन्। पीडा डरलाग्दो छ,' फ्लेचरले बताए।

करिब दुई वर्षको द्वन्द्वले सुडान र सीमापारका एक करोड २० लाख मानिस विस्थापित भएका छन्।

सुडानको लगभग दुई तिहाई जनसङ्ख्यालाई आपतकालीन सहायताको आवश्यकता छ, जबकि देशले व्यापक अनिकालको सामना गरिरहेको छ। छिमेकी देशहरूमा आइपुगेका शरणार्थीहरूलाई सहयोगको असाध्यै आवश्यकता छ।

सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलहरू बीचको विनाशकारी द्वन्द्वमा फसेको छ, जसको परिणामस्वरूप सन २०२४ को अन्त्यसम्ममा २९ हजार ६८३ भन्दा बढीको मृत्यु भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.