|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानून समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कानून निर्माणको महत्त्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसद्ले नै कानून निर्माण गर्न नसकेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताए।

उनले संसद् र संसदीय समिति आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्टको संकेत भएको टिप्पणी गरे। 

श्रेष्ठले भने, ‘संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने ऐनहरू समयमा बन्न नसक्दा राज्य व्यवस्थाप्रति नै नागरिकमा नैराश्य उत्पन्न हुन पुगेको छ। कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व गर्नुपर्ने संघीय संसद्ले नै कानून निर्माण गर्न नसकेको फेहरिस्तसहित प्रतिवेदन बस्नुपर्ने भएको छ। यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्ने निश्चित छ।’

उनले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानून निर्माणमा तीव्रता दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.