|

काठमाडौं : काठमाडौं महानगरपालिकाले अहिले अभियानकै रुपमा सवारी प्रदूषण चेकजाँच गरी रहेको छ। प्रदूषण चेकजाँचका क्रममा सडकमा गुड्ने अधिकांश सवारीसाधनहरू प्रदूषण मापदण्ड विपरीत भेटिएका छन्।

महानगरपालिकाले ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत)। सडकमा गुडिरहेका सवारी साधनहरूको परीक्षण गरिएको हो। यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका हुन्।

महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहर मैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ।

यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.