काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले वक्तव्य जारी गरेर मात्रै छुटकारा पाउन नहुने बताएका छन्।
आज(मंगलवार) बसेको प्रतिनिधिसभा बैठकमा उनले समस्या समाधान नहुञ्जेल निरन्तर कुटनीतिक पहल सरकारले जारी राख्नुपर्ने बताएका हुन्। उनले उक्त घटनाको हरेक दिन अपडेट गरिनुपर्ने पनि बताए।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने,विद्यार्थीको भौतिक सुरक्षा, शैक्षिक प्रत्याभूति, न्याय र क्षतिपूर्ति ढिलाउनुपर्ने उनको माग छ।
‘सरकारले समयमै कूटनीटिक पहल गरेको भए यसरी हिजो विद्यार्थीहरू अलपत्र हुने थिएनन्,’ उनले भने, ‘संसद पनि संवेदनशील भएन, परराष्ट्र संयन्त्र ढिला परिचालन भयो, अबदेखि निरन्तर कूटनीतिक पहल हुनुपर्छ, एक/दुईवटा वक्तव्यको बाढी बगाइदियौँ अब पुग्यो भनेर छुट छैन, हरेक दिन अपडेट चाहिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।